नेपालका खेलाडीले दक्षिण एशिया रिजनल जुनियर च्याम्पियनसिपको मिक्स टिम विधामा बिजयी शुरुवात गरेका छन् । हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ क्लवमा शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा नेपालले यु–१५ र यु–१७ दुवैमा जित निकालेका हुन् । दुवै उमेर समूहमा नेपालले बेस्ट अफ फाइभको प्रतिष्पर्धामा माल्दिभ्समाथि ५–० को जित निकाल्यो ।

यु–१५ मा नेपालका सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले माल्दिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१–११ र २१–६ ले हराए । त्यसैगरी, गल्र्स सिंगल्समा रिहाना शेरचनले अदिल मोहम्मद कियानलाई २१–९, २१–६ र ब्वाइज सिंगल्समा सुविन श्रेष्ठले फरुजनलाई २१–७, २१–८ ले पराजित गरे । गल्र्स डबल्समा दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१–८, २१–१० र ब्वाइज डबल्समा सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१–३, २१–८ ले हराए । यता, यु–१७ तर्पm कबिर केसी र रोजी राईको जोडीले अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१–१, २१–४ हराउँदा गल्र्स सिंगल्समा रोजी राईले ऐस्थालाई २१–१०, २१–८ र ब्वाइज सिगंल्समा कबिर केसीले अजहरलाई २१–७, २१–१० ले पराजित गरे ।

अन्जिल लिम्बु र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०–२२, २१–१८, २१–१० ले हराए । ब्वाइज डबल्समा कविर केसी र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ ले हराउँदै मिक्स टिम विधामा माल्दिभ्समाथि ५–० को नतिजा निकाल्यो । अन्य खेलमा बंगलादेशले यु– १५ तर्फ भुटानलाई ५–० र यु–१७ मा माल्दिभ्सलाई ५–० ले पराजित ग¥यो । श्रीलङ्काले यु–१५ मा माल्दिभ्सलाई ५–० ले नै हरायो ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय