प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सबाल भएकाले भव्य तयारी गर्न युुवा तथा खेलकद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको हो ।



उहाँले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गर्नुभयो । परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुुपर्नेमा पनि जोड दिनुभएको थियो । छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुब आचार्य, सदस्य सचिव टंकलाल घिसिङलगायत सहभागी हुनुहुन्थ्यो ।



