दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ ३ देखि १० गतेसम्म सुर्खेतमा संचालन हुने भएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मुल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गर्नुहुदै कार्यक्रम मुल आयोजक समितिका संयोजक समेत रहनु भएका खेलकुद मन्त्री तेजुलाल चौधरीले तेस्रो पटक तोकिएको मिति कुनै बहानामा पछि नसर्ने बताउनु भयो । हाँले प्रतियोगिताका लागि पुर्णरुपमा तयारी थालिएकाले जेठमा गर्मीनै भएपनि समय व्यवस्थापन गरेर प्रतियोगिता संचालन गरिने बताउनु भयो । मन्त्री चौधरीले प्रतियोगिताको उद्घाटन हुनुभन्दा ६ दिन अगाडि नै खेलकुदका खेलहरू सञ्चालन गर्ने बताउनु भयो ।

सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलला कंडेलले तोकिएको मितिमा प्रतियोगिता संचालन हुदाँ कर्णालीको आर्थिक गतिविधि चलायमान हुने बताउनु भयो । दशौं राष्ट्रिय प्रतियोगिताका लागि कर्णालीमा २४ खेलहरू हुनेछन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने ३६ वटा खेलहरू समावेश थिए। कर्णालीमा आवास र पूर्वाधारको समस्या हुने भएकाले खेल संख्या घटाइएको छ । कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङ सहित खेलाडीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय