काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १ स्थित केउरानी सामुदायिक वन उपभोक्ता समितिमा भिषण आगलागी भएको छ ।

वनका अध्यक्ष गणेश गिरीले आगो नियन्त्रणका लागि नगरपालिकाको वातावरण शाखाको प्रमुखलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको बताउनु भयो । उहाँले आगो नियन्त्रणका लागि नगरमा भएको बारुण यन्त्र प्रयोग हुन नसक्दा वनमा क्षति बढी हुन पुगेको दाबी गर्नुभयो । उहाँले अग्नि नियन्त्रण सामाग्रीको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिनाइ भइरहेको र सम्बन्धित निकायलाई आग्रह गर्दा वेवास्ता गर्दैआएको भन्दै आक्रोश पोख्नु भयो । उहाँ भन्नुहुन्छ, अग्नि नियन्त्रक सर–सामान नहुँदा आगो निभाउन जीवन नै उच्च जोखिममा मोल्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

अध्यक्ष गिरीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय