काठमाडौं । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश १–००६ ख ५२३७ नम्बरको बस चितवनको दासढुंगामा दुर्घटना भएको छ ।

विहान सवा ५ बजे नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ मा दुर्घटना भएको हो । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । बस तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बस करिब सडकबाट १० मिटर तल खसेको थियो । बस रुखमा अड्किएपछि त्रिशुली नदीमा खस्नबाट जोगिएको थियो ।
घाइते मध्ये १० जनाको उपचार पुरानो मेडिकल कलेज भरतपुर र ८ जनाको जिल्ला सरकारी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर एक जना घाइतेलाई काठमाडौं ल्याइएको छ । अन्य बाँकी यात्रु २१ यात्रु सकुशल रहेका छन् ।

यस्तै सुनसरीको सप्तकोशी ब्यारेजको पुलमा बस र ट्रक ठोक्किदा तीन जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा दुर्घटना भएको हो । दुर्घटनामा हुँदा ट्रक कोशी नदीमा खसेको थियो । ट्रकमा सवार तीन जनाको सकुशल उद्दार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय