भारतको दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप) का नेता र पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन्। केजरीवाल नयाँ दिल्ली क्षेत्रबाट भारतीय जनता पार्टी ९भा।ज।पा।० का उम्मेदवार परवेश वर्मासँग पराजित भए। चुनावको मतगणना जारी रहँदा, आपका अर्का नेता र पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पनि पराजित भए।

तर, वर्तमान मुख्यमन्त्री आतिशी मार्लेना भने विजयी भएकी छन्। यस चुनावमा, आम आदमी पार्टी ९आप० र भारतीय जनता पार्टी (भा.ज.पा) बीच कडा प्रतिस्पर्धा भइरहेको छ। ७० सिट रहेको दिल्ली विधानसभामा बहुमतका लागि ३६ सिट आवश्यक छ। अहिलेसम्म भाजपाले ४८ सिटमा अग्रता लिइरहेको छ, जबकि आपले २२ सिटमा अग्रता लिइरहेको छ।

कंग्रेस पार्टी यस चुनावमा कुनै पनि स्थानमा अग्रता लिन नसकेको छ। एक्जिट पोलले भाजपाले २७ वर्षपछि दिल्लीमा बहुमत ल्याउने र आपले बहुमत गुमाउने आँकलन गरेको छ। यसअघि, आपले दिल्ली विधानसभामा सन् २०१५ र २०२० मा दुई पटक बहुमत ल्याएको थियो, जबकि भाजपाले २०२० मा ८ सिटमा मात्र सीमित रहनु परेको थियो।

लोकसभा चुनावको लागि केजरीवाल नेतृत्वको आम आदमी पार्टी र कंग्रेस एउटै गठबन्धनमा रहे पनि विधानसभा निर्वाचनका लागि दुवै दल अलग-अलग प्रतिस्पर्धामा उत्रिएका थिए। यस वर्षको निर्वाचनमा, भाजपाले पुनः अग्रता लिँदै बहुमततर्फ अघि बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय