काठमाडौं । बडादशैंँअघि साङ्गीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक दुर्गेश थापा अहिले अमेरिकाको साङ्गीतिक यात्रामा छन् । तिहारमा स्टेज कार्यक्रमको लागि दुर्गेश अमेरिका पुगेका हुन् ।



अमेरिका रहँदा उनले ११ सहरमा साङ्गीतिक प्रस्तुति दिनेछन् । गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उनको अमेरिकाको साङ्गीतिक यात्रा नोभम्बर २२ मा डल्लासमा पुगेर टुङ्गिनेछ । उनको यो पहिलो अमेरिका यात्रा हो । डेढ महिने यात्राका क्रममा थापाले न्यूयोर्क, बाल्टीमोर, कोलम्बस, भर्जिनिया, कोलोराडोलगायत सहरमा प्रस्तुति दिनेछन् । गत पुसमा सार्वजनिक गीत ‘दुश्मन हेरेको हे¥यै…’ को सफलताले उनको साङ्गीतिक ‘करिअर’ ले नै नयाँ मोड लिएको छ । थापाको पछिल्लो गीत ‘जाने भए जाममाया…’ पनि गीत चर्चित छ ।



