काठमाडौं । चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको सवारी दुर्घटना निधन भएको छ । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको बा. १५च १७०९ नम्बरको स्कारपियो पुतलीबजार– १० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो ।
तीब्र गतिका कारण स्कारपियो अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले मृत घोषणा गरेको थियो । प्रहरीले सवारी चालक र स्कारपियो नियन्त्रणमा लिएको छ ।






