काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भए विश्वासको मत दिने बताउनु भएको छ । संसद भवनमा सापकोटाले सरकारमा जाने विषयमा अहिले नै भन्न नसके पनि विश्वासको मत भने देउवालाई दिने बताउनु भएको हो ।
संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत नपाएपछि राष्ट्रपतिले ७६ (३) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने माओवादीको माग छ ।



त्यसो हुँदा संसदमा प्रतिनिधित्व गर्ने ठूलो दलको संसदीय दलको नेताका हैसियतमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने पक्का छ । तर कांग्रेस एमालेसँगको सहमति कार्यान्वयन गर्न दृढ भएकैले ७६(२) अनुसार नै सरकार गठन गर्ने पक्षमा छ ।



