काठमाडौं । निरन्तरको वर्षासँगै आएको पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुन पुगेको छ ।

सडक माथीबाट आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध हुन पुगेको छ । पहिरो पन्छ्याउन थालिए पनि निरन्तरको वर्षाले समस्या भएको छ । सडक अवरुद्ध भएसँगै सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका–२ मा पहिरो खसेसँगै हेटौंडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडक अवरुद्ध हुन पुगेको छ ।

बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा बारम्बार पहिरो गई यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । बारम्बार पहिरो जान थालेपछि रातको समयमा जनधनको क्षति हुने जोखिम बढेकोले वर्षायामभरी यातायात आवागमनमा रोक लगाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय