देशभरका सहकारी पीडितले चार सातादेखि राजधानीमा आन्दोलन गर्दै आएपनि उनीहरुका माग सम्बोधन गर्न सरकारले चासो देखाएको छैन । करिव तीन दर्जन सहकारी पीडितको आन्दोलनलाई सरकारले वेवास्ता गरेपछि उनीहरु थप कार्यक्रम सार्वजनिक गर्ने तयारीमा लागेका छन । मन्त्री, सांसद समेत सहकारीवाट ठगिएपनि राज्यले नजरअन्दाज गरेको पीडितको गुनासो छ ।

सहकारीमा खाई नखाई बचत गरेको रकम सहकारीले फिर्ता नगरेपछि वचतकर्ताको विचल्ली भएको छ । सरकारले छिटोभन्दा छिटो न्याय दिएर आफुहरूको रकम फिर्ता गराउनुपर्ने पीडितको भनाइ छ । ओरेन्टल, कान्तिपुर, शिव शिखर, सिभिल लगायत सहकारीका पीडितहरु जेठ बिस गतेदेखि आन्दोलनमा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय