पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले देश लुट्नका लागि सरकार तल्लीन रहेको बताएका छन् । पार्टी गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनको पोखरामा उद्याटन गदैँ नेपालले देश लुट्नकै लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाए । जनताको हितका लागि नभई विचौलीयाहरुलाई पोष्नका लागि, भ्रष्टचारलाई प्रोत्साहन गर्नका लागि अध्यादेश लाइएको हो । संसदको अधिवेशनको अधिवेशन बोलाउनुपर्ने बेलामा रातारात अध्यादेश ल्याउनुले नै सरकारको दृष्टि स्पष्ट भएको उनको भनाई थियो ।

सरकार बनाउनका लागि संविधान संसोधन भनियो तर संविधान संसोधन गर्ने उदेश्य नरहेको स्पष्ट भएको नेपालले बताए । मध्यरातमा संझौता गरिएको के उदेश्यका लागि हो स्पष्ट नरहेको नेपालको भनाई थियो । अध्यक्ष नेपालले नेकपा एमालेसंग एकताको सम्भावना नरहेको दोहोर्याएका छन् । नेपालले एमालेसंग एकताको कुरा गरेर भ्रमबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरे । नेपालले भीम रावललाई गरिएको कारवाही होस् या वामदेव गौतमलाई वेइज्यत गरे पछि पनि एकाताको कुरा पत्याउन नसकिने बताए । नेपालले पार्टीलाई आफ्नै खुट्टामा उभाएर बलियो शक्ती बनाउने दावी गरे । समाजवादी मोर्चा बनाउन आफैले भूमिका खेलेको बताएका नेपालले मोर्चाले सरकारका गलत क्रियाकलापविरुद्ध एकजुट भएर प्रतिकार गरेको दावी गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय