दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरिएको दोलखा प्रहरीले जनाएको छ । दोलखाको लामाबगर नाका हुँदै भित्रिएको चार किलो सुन र त्यसमा संलग्न व्यक्तिहरु पक्राउ गरी सार्वजनिक गरेको भोलिपल्टै शुक्रबार प्रहरीले थप ३ केजी सुन बरामद गरेको हो । चार किलो सुन सहित पक्राउ गरिएका २८ वर्षीय केशर तामाङको डेरा खानतलासी गर्दा थप ३ केजी सुन भेटिएको हो ।

सुन ओसार पसारमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बिगु–१ घर भएका राज तामाङ पक्राउ परेका हुन् । यसअघि प्रहरीले बिगु गाउँपालिका–१ का केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्वु छिरीङ शेर्पा रसुनमाला तामाङलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय