काठमाडौं । दोश्रो मातातीर्थ गोल्डकपको उद्घाटन खेलमा सोल्टी नेपाल क्लबले विजयी शुरुवात गरेको छ ।सोल्टी नेपाल क्लबले युनिक फुटबल क्लबलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । मातातीर्थ फुटबल मैदानमा भएको दोश्रो मातातीर्थ गोल्डकपमा सोल्टी नेपालका लागि प्रकाश थापामगरले ४ गोल गरे । अनिल चौधरी र विजय लामाले १– १ गोल संगै सोल्टीले आधादर्जन गोल गरेको हो । यूनिक फुटबल क्लवका कविन्द्र तामाङले १ गोल गरे । जितसँगै सोल्टी नेपाल दोश्रो चरणमा प्रबेश गरेको छ ।

 

प्रतियोगितामा आइतबार कुर्द्धन र वाणस्थली क्लबबीच दिउँसो २ बजे खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय