धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको प्लेअफमा छनोट भएको छ । शुक्रबार दशरथ रंगशालामा शीर्ष स्थानको पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेल्दै धनगढी प्लेअफमा छनोट भएको हो । पोखरालाई हराउँदै धनगढीलाई पहिलो क्वालिफायरमा छनोट हुने अवसर थियो । तर बराबरीको नतिजासँगै पोखराले शीर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।
धनगढीले सुरुवाती अग्रता ४२ औं मिनेटमा मिलन राईको गोलमा लिएको थियो । खेलको अन्तिम मिनेटमा प्राप्त फ्रिकिकमा मोसेस ग्याम्बाले हेडमार्फत गोल गर्दै पोखरा अंक खोस्न सफल भएको थियो । दोस्रो स्थानमा रहेको धनगढीले ८ खेलबाट १३ अंक जोडेको छ भने शीर्ष स्थानको पोखराको १५ अंक छ ।






