काठमाडौं । धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
तीनजना सवार मोटरसाइकल दुर्घटना हुदाँ अन्य एकजना गम्भीर घाइते भएका छन् । धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको हो । मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनको थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल लगिएको छ । शुक्रबार बिहान करिब ३ बजे जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपही स्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको हो ।



तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।



