धरान – सुनसरीको धरान उपमहानगरपालिका आठ तीनकुनेमा शनि मन्दिर प्रांगणमा संकटा भगवती र नवग्रहको मन्दिर स्थापना गरिएको छ । काठमाण्डौबाट कालीगढ झिकाएर निर्माण गरिएको मन्दिरमा प्राण प्रतिष्ठा पनि गरिएको छ । विगतमा अत्याधिक दुर्घटना भएपछि यहाँ दुई मन्दिर स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

शनि मन्दिर भए पनि शंकटा र नवग्रहको मन्दिरको महसुस गरी मन्दिर स्थापना तथा प्राण प्रतिष्ठा गरिएको हो । प्राण प्रतिष्ठापछि मन्दिरमा फागुन २८ गतेदेखि चैत्र चार गतेसम्म भागवत पुराण, मार्कण्य पुराणको समेत हुने भएको छ ।

निर्माण भइरहेको मन्दिर सरकारको लागत नभएर सबै भक्तजनहरुको सहयोगबाट निर्माण भईरहेको मन्दिर ब्यवस्थापन समितिका सचिव केसव रिजालले बताउनु भयो ।धरान तीनकुनेमा शनि भगवानको मन्दिर रहेको छ । मन्दिरकै छेउमा विश्वकर्मा मन्दिर समेत रहेको छ । मन्दिरमा हरेक शनिवार भक्तजनहमरु दर्शनका साथै ग्रहदशा संकटमोचन गर्ने उद्देश्यले पुग्ने गरेका छन । मन्दिर स्थापना भएपछि दुर्घटना न्यूनिकरण भएको व्यवस्थापन पक्षको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय