धर्मका नाममा ठगिको धन्दा भएको भन्दै बिश्व हिन्दु महासंघ चितवनले भक्तजनहरु ठग्न खोजेको आरोप लगाएको छ । धर्म शास्त्रमा कोटीहोम, महायज्ञ, अनुष्ठानहरु लेखिएको भए पनि महा–महोत्सबका नाममा सर्वसाधरण ठगेको भन्दै बिरोध जनाएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी हिजोदेखि देवघाटमा सुरु गरिएको देवघाटधाम महा महोत्सब धर्मका नाममा ठगिको धन्दा हुन सक्ने भन्दै आर्थिक पारदर्र्शीताको बिषयमा प्रश्न उठाएको छ । देवघाट क्षेत्रको पुरारात्विक र शास्त्रीय महत्वको भावना बुझेर मात्र कंकृटका संरचना वनाउन दिन समेत महासंघले देवघाट क्षेत्र बिकास समिति र गाउँपालिकालाई अनुरोध गरेको छ ।

मकर महिनाको बिशिष्ट समयमा उपस्थित भक्तजनहरुलाई विनाशास्त्रीय अनुष्ठान एउटा चटके नाटक मञ्चन गरिएको,शास्त्रीय म¥यादा र आचार संहिताको धज्जी उडाउने महाठग देखि सचेत तथा साबधान रहने सबैमा बिश्व हिन्दु महासंघ चितवनले अपिल गरेको छ। बिश्वहिन्दु युवा संघ चितवनका अध्यक्ष श्याम पौडेलले बिगतमा भैरहबामा आयोजित महायज्ञमा समेत आर्थिक रुपमा पारदर्शिता देखाउन नसकेको बताउदै भागेका महाराजले यहाँ भगौडाको जमघट गराउन खोजेको आरोप लगाउनुभयो ।

इश्वर कृष्ण भुर्तेल नाम भएका इश्वरकृष्ण महाराजले देबघाटमा एक महिने धार्मिक मेला आयोजना गरेका छन्।महोत्सबमा नेपाल र भारतका कथाबाचिकाहरु ल्याएर कथा भन्न लगाएका छन्। मेलामा आचार्य बालकृष्ण देखी कथा बाचिका देबी प्रतिभा लगायत दर्जनौ बाचकहरुको फोटो ब्यानरहरु जताततै देख्न सकिन्छ,।उसैगरी दानपेटीका र दान दिने ठाऊँहरु बैकका काउन्टर जसरि राखिएको छ।धर्म कर्म भन्दा पनि व्यवसायिक स्टल जस्ता देखिने यो मेलामा भक्तजनहरुको उपस्थिती न्युन छ। चर्चित कथाबाचिका देवी प्रतिभाको कथा सुन्न मुस्किलले दुइसय जना पनि उपस्थित थिएनन। देवघाटमा आश्रम निर्माणका लागि पैसा उठान बिभिन्न ठाउँहरुमा सचिबालय राखेर काम भईरहेको घटना निन्दनिय भएको पौडेलले बताउनुभयो वैदिक शास्त्रीय अनुष्ठानहरु नै समावेश नभएको महामहोत्सब नाटक भएकाले यस कार्यमा सहभागी नहुन र दान समेत नगर्न सनातनीहरुलाई महासंघले अपिल गरेको छ ।

धर्मका नाममा बिभिन्न मेला महोत्सव र अनुष्ठान गरिने भन्दै धेरै ठाउँमा सर्वसाधरणको रकम कुम्ल्याएर ढोगींबाबाहरु फरार भएका घटना हाम्रो सामु छर्लगै छ।केहि समय अगाडि काठमाण्डौ पशुपतिका धार्मिक अनुस्ठान गर्दै गरेका एक बाबालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय