काठमाडौं । धादिङको धुनिबेँसीस्थित सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । बिहीबार बेलुका देखि लगातारको वर्षासँगै आएको पहिरोसहितको लेदोले सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।

सुरुङमार्गको प्रवेशद्वार अगाडि पहिरो आउँदा सडक अवरुद्ध भएको हो । लगातार लेदो सडकमा आएको कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र छन् । पहिरो पन्छाउन समय लाग्ने भएकोले काठमाडौं प्रवेश गर्ने साना सवारी धार्के–सीतापाइला सडकको प्रयोग गरेका छन् ।

यस्तै पहिरोले अवरुद्ध हेटौँडा–काठमाडौं कान्तिलोकपथ सडक खण्ड अझै खुलेको छैन । बुधबार राति खसेको पहिरोले बाटो बन्द भएपछि हालसम्म पनि सडक सञ्चालनमा आउन नसकेको हो । कान्तिलोकपथ खुलाउन फास्ट ट्र्याक, कान्तिलोकपथ आयोजना र गाउँपालिका मिलेर प्रयास जारी राखेका छन । यस्तै, हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–काठमाडौं सडक पनि आज बिहानदेखि अवरुद्ध छ ।
यसैबीच, काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ७ चार सय बेशीमा माथीबाट आएको लेदोको कारण अवरुद्ध विपि राजमार्ग एकतर्फी खुलेको छ । अविरल वर्षासहितको लेदोले सडक ढाकेपछि बीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय