काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानप्रति नै प्रश्न खडा गर्नुभएको छ । शरणार्थी प्रकरणका मुख्य योजनाकार भनिएका केशव दुलालले बयान दिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वीकय सचिवहरुको नाम लिएपछि पोखरेलले सत्ता स्वार्थका लागि लज्जास्पद नाटक मञ्चन भएको टिप्पणी गर्नुभयो ।
उहाँले ‘काँक्राचोरले काँक्रो आफूले खाएर बियाँ सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान । सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ’ भन्नु भएको छ ।



यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र सल्लाहकार अजयक्रान्ति शाक्यको नाम आएपछि महासचिव पोखरेलले यस्तो कटाक्ष गर्नुभएको हो ।



