जिल्ला मकवानपुर प्रहरीले नक्कली सुनलाई सक्कली सुन भनि ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ। वडा नं ११, हेटौडा उप–महानगरपालिका स्थित सुकुम्बासी टोल त्रिवेणीचोकमा भाडामा लिएको कोठामा उनीहरूलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्य बहादुर नेगी, वडा नं ७ का ४४ वर्षीय सेते लाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका–१ का ४८ वर्षीय नाम्केल तामाङ रहेका छन्।

कोठामा खानतलासी गर्दा झोलाभित्र “PAMP” लेखिएको सुन जस्तो देखिने ५० थान पहेँलो धातु फेला परेपछि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई परीक्षणका लागि पठाइएको थियो। परीक्षणमा तीमध्ये ४९ थान नक्कली देखिए भने १ थान मात्र ९१० ग्राम, मूल्य १,६७,६९५ रुपैयाँ० सक्कली सुन भएको पुष्टि भएको छ। सक्कली सुन राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाईएको छ भने नक्कली सुन बरामद गरी पक्राउ परेका चार जनालाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद थप गरी ठगी उद्योग कसुर मुद्धामा थप अनुसन्धान भइरहेको छ। यस घटनाले सुनचाँदी व्यवसायमा बढ्दो ठगी र जालसाजीको तथ्यलाई पुनः पुष्टि गरेको छ। प्रहरी र अनुसन्धान टोलीले यस्ता घटनालाई कडाइका साथ कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय