चन्द्रागिरि नगरपालिकाको आयोजनामा सञ्चालीत नमुना युवा नगर सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको संयोजनमा संचालित उक्त कार्यक्रममा नगरपालिकाको विभिन्न वडाहरुबाट प्रतिनिधिमुलक युवाहरुको उपस्तिथि रहेको थियो।

राष्ट्रिय युवा परिषदबाट सहभागी भएकाका प्रशिक्षकहरुले उपस्थित युवाहरुलाई नगर सभा संचालन, कार्यपालिका संचालन, नगरपालिकाको विभिन्न ऐन, कानुन तथा नियमावली, स्थानीय सरकार संचालन ऐन, नेपालको संविधान लगायत विभिन्न बिषयमा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा उप प्रमुख बसन्ती श्रेष्ठ, नगर प्रबक्ता कृष्ण प्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, सामाजिक बिकास समितिका संयोजक तथा वडा अध्यक्ष घनश्याम लुइँटेल, शिक्षा शाखा प्रमुख सुजन राज खनाल, वरिष्ठ बिधालय निरीक्षक बुद्धि प्रसाद भट्ट लगायत अन्य जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख गिरिले यस किसिमको कार्यक्रमबाट नगरपालिका भित्रका युवाहरुबाट नेतृत्व तहमा पुग्न सक्ने व्यक्तित्व उत्पादन हुनुका साथ साथै युवाहरुलाई जनप्रतिनिधिहरुको अधिकार तथा कर्तव्य, नगरपालिकाको ऐन कानुन लगायतका बिषयको बारेमा जानकारी गराउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय