काठमाडौं । नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ । नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्रिपरिषद्को आज विहान बसेको पहिलो बैठकले दुईवटा निर्णय गरेको छ ।
बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तोक्ने निर्णय गरेको छ ।



यस्तै, संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र संघ आयोग (सिएसडब्ल्यु) को ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको जानकारीसरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिनुभयो ।



