काठमाडौं । नेपाली समाजमा भव्यताका साथ मनाईने महान् पर्व बडा दशैंको आठौं दिन शक्ति स्वरुपा भवानी माता महागौरीको पूजाआजा गरिंदै छ ।
माता महागौरीलाई शुद्धिको प्रतीक मानिन्छ । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशिर्वाद दिइरहेकी हुन्छिन् । महागौरीलाई पार्वतीको १६ वर्षे षोडषी वा अविवाहित रुपमा चित्रण गरिएको छ ।






