काठमाडौं । चन्द्रागिरि नगरपालिकाको टुटिपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोला जोड्ने सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपालको पहिलो यातायात सुरुङ मार्ग निर्माण थालेको लगभग चार वर्षमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति ६७ दशमलव ६१ प्रतिशत काम सम्पन्न भएको छ । मुख्य सुरुङको कुल दूरी २ हजार ६ सय ८८ मिटरमध्ये २ हजार ५ सय ९३ मिटर काम सकिसकेको छ । अब मुख्य सुरुङ ९५ मिटर मात्र खन्न बाँकी छ । दिनमा ३ देखि ६ मिटरको दरले सुरुङ खन्दा अबको दुई महिनामा ब्रेक थ्रु हुने देखिन्छ ।

धादिङ र काठमाडौं दुबैतिर धमाधम काम भइरहेको छ । यदि काममा कुनै अवरोध नआए अबको दुई महिनामा मुख्य सुरुङको ब्रेक थ्रु हुनेछ । आयोजना सुरु भएयता अहिलेसम्म १४ अर्ब ६ करोड २ लाख रुपैयाँ खर्च भईसकेको जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले जनाएको छ । सुरुङ मार्ग संचालनमा आएपछि उकालोका कारण गाडीमा हुने क्षति कम हुनेछ भने ट्राफिक जामको पनि सर्वसाधारणले सास्ती खेप्नुपर्ने छैन । अहिले ३ वटा अण्डर पास, एउटा ओभर पास, ४ वटा बक्स कल्भर्ट र ३ वटा पुल निर्माण भइसकेको छ ।

०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सक्नुपर्ने थियो । उक्त समयमा काम नसकिएपछि तीन महिना म्याद थप गर्दै ०८० साउन ४ सम्म पुर्याइयो । यस अवधिमा पनि काम सम्पन्न नहुँदा दोस्रो पटक ०८१ बैशाख १३ सम्म म्याद थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय