काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एक महिनाभित्र टुंग्याइने बताउनु भएको छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले पुरानै विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउने या परिमार्जनसहित ल्याउने भन्ने विषयमा छलफल भइरहेको जानकारी गराउनु भयो ।

प्रधानमन्त्री दाहालले बार एसोसियसन, संविधान र कानुनका विज्ञसँग बालुवाटारमा छलफल भइरहेको पनि बताउनु भयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउँदा उहाँले संविधानविद्सँग राय लिएर टुंगोमा पुर्याउने जानकारी गराउनु भएको उल्लेख गर्नुभयो ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको थियो । तर, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरी पुनर्विचार गर्न भन्दै फाइल दुई पटक फिर्ता गरिदिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय