काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक प्रमाणीकरण तत्काल फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रधानमन्त्रीले प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गर्न नमिल्ने भएको भन्दै त्यसलाई तत्काल फिर्ता लिन आग्रह गर्नुभएको हो । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सुवालले विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा सरकार अग्रसर भएको उल्लेख गर्नुभयो ।



सुवालले नेपालको भू–राजनीतिले पनि गैर आवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था उपर्युक्त नभएको बताउँदै पछि हट्न आग्रह गर्नुभयो ।



