सिरहाको लहानमा रहेको नापी कार्यालयमा कार्यरत अमित दिपरन्जन यादव नगद घुससहित अख्तियारको फन्दामा परेका छन् ।नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दिपरन्जन यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले अमिन दिपरन्जन यादवलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिएकाछन् ।

पक्राउ परेका अमिन दिपरन्जन यादवलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय