काठमाडौं । अविरल परेको वर्षापछि आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । बिहीबार दिउँसो झरेको पहिरो अहिलेसम्म पन्छाउन नसक्दा यातायात र यात्रुहरुको विचल्ली भएको छ ।

पहिरो खसेको ठाउँ ठाडो भीर भएकाले माथिबाट कहिले सानो त कहिले ठूलो पहिरो निरन्तर झरिरहेको सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो साढे १ बजेदेखि सडक अवरुद्ध हुँदा यातायात र यात्रुहरुको व्यवस्थापनमा निकै चुनौति बनेको छ ।

प्रहरीले मुग्लिन–नारायणगढ भएर चल्ने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय