काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले पुनः अवरुद्ध हुन पुगेको छ ।

चितवनको कालीखोला नजिकै सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो । पहिरो पन्छाउने काम भइरहेको र ठूलो पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोले सडक बन्द भएपछि सवारी र यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

यो सडक खण्डमा केही दिन अघि निरन्तर पहिरो खस्दा लामो समयसम्म सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय