चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन हुन अझै कम्तीमा चार घण्टा लाग्ने भएको छ । गएराति नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरको दुई वटा मेसिनबाट पहिरो पञ्छाउने काम भइरहेको छ ।

थप पहिरो नखसे १२ बजेभित्र सवारी आवागमन एकतर्फी खुल्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय