काठमाडौं । चिकित्सा शिक्षा आयोगको १५औँ बैठक बस्दै छ । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पिजी) को भर्नाका विषयमा यस पटक निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबीच विवाद उत्पन्न हुँदा ७५० विद्यार्थी पिजी अध्ययन गर्नबाट बञ्चित हुनुपर्ने भएको छ ।

सरकारले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकनै बैठक बस्न लाग्दा विद्यार्थीको भविष्यमाथी नै खेलबाड हुने नश्चित छ चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा निजी मेडिकल कलेजमा पिजी भर्नाका विषयमा यस पटक देखिएको विवादले स्थान पाउनुपर्नेमा बैठकका एजेण्डामा सामान्य विषय मात्र समेटिएका छन् ।

आयोगले सदस्यहरूलाई आइतबार बस्ने बैठकका मुख्य एजेन्डाका रूपमा नौ विषय पठाएको छ । त्यसमा पिजी भर्नामा देखिएको विवादको विषय उल्लेख गरिएको छैन । बैठकका अधिकांश एजेण्डा आयोगको नियमित कामका विषयमा केन्द्रित छन्।

आयोगका अनुसार एजेण्डामा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षादेखि चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधिसम्बन्धी विषयमा छलफल हुने छ । बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय