नवलपरासी -पुर्वि नवलपरासीको कावासोति नगरपालिका ३ फलफुलचौक स्थित नगरपालिका द्वोरा ढल निकासिको होम पाईप राख्ने क्रममा जम्मा गरिऐको माटोको ढिस्को खस्दा माटोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको नवलपुर प्रहरिले जनाएको छ । मृत्यु हुनेमा कावासोती न।पा। ५ लक्ष्मिनगर बस्ने बर्ष ५१ की सेती राना र सोही स्थान बस्ने वर्ष २६ की तान माया गाहा रहेकि छिन । भनी घाईते चमेलि दरलामिको उपचार भईराखेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका नायब प्रहरी उपरिक्षक एवंम सुचना अधिकारी बेदबहादु पौडेलले दिएको जानकारि अनुसार करिब साढे छ वजे कावासोती न.पा.३ फलफुलचोक स्थितमा नगरपालीका द्वारा ढल निकासिको ह्यूम पाईप राख्नको लागी बनाउँदै गरेको निर्माणाधीन नालामा काम गर्ने क्रममा अचानक सोही ठाउँमा खनि जम्मा पारेको माटोको ढिस्को खस्न गई ३ जना महिलाहरु पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी कार्यालय बाट प्र.ना.उ.बेद ब।पौडेल को कमाण्डमा ३० जनाको प्रहरी टोली खटि गई तत्काल २ जना महिलालाई उद्धार गरी उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगेकोमा डाक्टरले मृत घोषणा गरेको छ ।



,बाँकी १ जनाको खोज तलास गरि घाईते भएकि चमेलि दरलामिको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार कार्य भईरहेको
प्रहरिले जनाएको छ ।घटना स्थल जिल्ला प्रहरी कार्यालय वाट ५०० मिटर उतर तर्रफ रहेको छ ।



