आन्दोलनरत निर्माण व्यवसायीहरुले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन् । गरेको कामको भुक्तानी, आयोजनाहरुको म्याद थप र सार्वजनिक खरिद ऐन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीहरुले आज निषेधित क्षेत्र बानेश्वरमा धर्ना दिएका हुन् । निर्माण ब्यवसायीको आन्दोलनमा समर्थन जनाउँदै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले व्यवसायीहरुले गरेको कामको भुक्तानी तुरुन्त गर्नुपर्ने बताए ।



सरकारले व्यवसायीको ७० अर्बभन्दा बढी रकम भुक्तानी नगरेर गैरजिम्मेवार काम गरेको व्यवसायीले बताएका छन् । निर्माण सम्पन्न भइसकेका आयोजनाहरुको रकम भुक्तानी भए अर्थतन्त्र चलायमान भई त्यसको सकारात्मक प्रभाव देखिने पनि व्यवसायीको भनाइ छ ।



