काठमाडौं । निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित तवरले सम्पन्न गर्नका लागि देशभर निर्वाचन प्रहरी खटिएका छन् ।

शहरदेखि गाउँ–गाउँका चोकहरूमा निर्वाचन प्रहरीहरु निलो बर्दीमा सजिएर खटिएका हुन् । नेपाल प्रहरीले उनीहरूलाई सुरक्षा घेरामा मात्र सिमित नराखी, नागरिकसँग गर्ने व्यवहार, भीड नियन्त्रण र निर्वाचन आचारसंहिता पालनाका विषयमा सुक्ष्म प्रशिक्षण दिइरहेको छ । प्रत्येक चोकमा खटिएका म्यादी प्रहरीहरूलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारहरूले स्थलगत रूपमै कामको प्रकृति बुझाइरहेका छन् । यो परिचालनले सर्वसाधारणमा सुरक्षाको प्रत्याभुति गराउनुका साथै निर्वाचनको वातावरणलाई थप मर्यादित बनाउने विश्वास गरिएको छ ।

म्यादी प्रहरीहरूलाई निर्वाचनका दिन मतदान केन्द्रको सुरक्षा र मतदान प्रक्रियामा सहयोग पु¥याउने मुख्य जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय