श्रीलंकाको क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा परेपछि आईसीसीका प्रतियोगिता र श्रीलंकन टिमको तालिका अनिश्चित बनेको छ । खेलकुद मन्त्रालयले आफूखुसी पहिलेको बोर्ड भंग गर्दै नयाँ कार्यसमिति बनाएपछि आईसीसीले त्यहाँको क्रिकेट बोर्ड निलम्बन गरेको हो । अर्को वर्षको सुरुमै श्रीलंकाले जिम्बावे भ्रमण गर्ने तालिका छ । आगामी बर्ष नै अन्डर नाइन्टिन विश्वकप पनि श्रीलंकामा हुँदैछ ।
यो विश्वपमा नेपाल पाकिस्तान, अफगानिस्तान र न्यूजिल्यान्ड रहेको समूह डी मा छ। तर विश्वकपको आयोजक श्रीलंका क्रिकेट बोर्ड नै आईसीसीको निलम्बनमा परेपछि प्रतियोगिता नै शंकाको घेरामा तानिएको छ ।श्रीलंकामा सत्ता र प्रतिपक्ष दुवैले पुरानो बार्डलाई हटाउने कुरामा समर्थन जनाएका छन । भारतमा जारी विश्वकपमा खराब प्रदर्शन गरेको श्रीलंका बाहिरिसकेको छ । श्रीलंकाका खेलाडीहरुले निलम्बनले राष्ट्रिय टिमको तालिक र अन्डर नाइन्टिनको तयारीमा असर नगर्ने विश्वास व्यक्त गरेका छन ।






