काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय सचिव मन्दिरा श्रेष्ठले च्यासलस्थित पार्टी कार्यालयमा नागो खुकुरी प्रदर्शन गरेकी छिन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कात्तिक १० र ११ गते पार्टी कार्यालय च्यासलमा तेस्रो बैठकको आयोजना गरेको थियो । बैठक शुभारम्भ हुनु अगाबै नेकपा एमाले बागमती प्रदेश सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय सचिव श्रेष्ठ एक्कसी नांगो खुकुरी हल्लाउँदै प्रदर्शन गरेकी थिईन् । खुकुरी प्रदर्शन गरिरहेकी श्रेष्ठबाट खुकुरी खोस्न प्रहरी सहायक निरीक्षक सरस्वती खनालले प्रयास गरेको तर झन माथि माथि नांगो खुकुरी हल्लाउँदै भीड तर्फ अघि बढेको भिडियोमा देख्न सकिन्छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव पेम्बा भोटे गुरुङ्गलाई महासंघले कार्बाही गरे देखि सचिव श्रेष्ठ रुष्ट हुँदै आएको बुझिएको छ । नांगो खुकुरी चलाएको विषयमा सचिव श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरेको छ । खुकुरी प्रदर्शन समेत भएपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठक स्थलमा पुगेपछि बैठक संचालन भएको थियो । दुई दिन भनेको बैठक एकै दिनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय