काठमाडौं । दिउँसो १ बजे सुरू भएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधपछि स्थगित भएको छ ।

नेकपा एमाले सांसदहरूले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित भएको हो । बैठक सुरू हुनेवित्तिकै सभामुख देवराज घिमिरेले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिए ।साह बोल्दै गर्दा एमाले सांसदहरू सिटबाट उठेर अवरोध जनाए । एमालेका सांसदहरू उठेर विरोधमा उत्रिएपछि सत्तापक्षका सांसदहरु पनि आफूले बोल्न पाउनुपर्ने र बैठकका कामकारबाही अघि बढाउन माग गर्दै सिटबाट उठेका थिए । सभामुख घिमिरेले बैठकका नियमित कामकारबाही अघि बढाउन सांसदसँग आग्रह गरेका थिए । तर पनि एमाले सांसदहरूले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि छानबिन समितिको माग गर्दै विरोध जनाउदै सरकारविरुद्ध नाराबाजी गरे । एमालेले अडान नछाडेपछि सभामुख घिमिरेले साउन २९ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराए ।

सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरूकै संलग्नता रहेको एमालेको आरोप छ । एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय