काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । आज र भोलि दुई दिन काठमाण्डौको भृकुटीमण्डपमा शुरु हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

एमालेको बागमती प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको बताइएको छ । अधिवेशनमा अधिकतम सहमतिको प्रयास गर्ने, तर सहमति नभएको अवस्थामा मात्र निर्वाचनमा जाने नीति तय भएको एमालेले जनाएको छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि करिब डेढ दर्जनले आकांक्षा राखेका छन् । अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल लगायतले नेतृत्वका लागि दाबी गर्दै आएका छन् । अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने र नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने गरी तयारी भइरहेको एमालेले जनाएको छ । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय