स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था, नेपाल इप्पानले नेपालमा उत्पादित सबै विद्युत खरिद हुने गरी भारतसँग विद्युत खरिद सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा १० हजार मेघावाट विद्युत खरिद सम्झौता हुने चर्चा भइरहेका बेला इपानका अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित जलविद्युतमा जोसुकैले लगानी गरेपनि त्यसको खरिद भारतले गर्नेगरी सम्झौता गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले सम्झौतामा बंगलादेशले पनि भारतको बाटो हुँदै दीर्घकालीन रुपमा विद्युत खरिद गर्न पाउने प्रावधान अनिवार्य रुपमा राख्न पनि सरकारलाई सचेत गराए ।
अध्यक्ष कार्कीले भारतसँग सम्झौता गर्दा नेपालमा कुनैपनि देशले विद्युतमा लगानी गर्नसक्ने वातारण बनाउने कुरामा पनि सरकार अडिग रहनुपर्ने पनि बताए ।






