पुर्वि नवलपरासीको कावासोति नगरपालिका वडा नम्बर ७/१२/र वडा नम्बर १३ लामिछाने सामुदायिक वन स्थित रहेको जटायु रेष्टुरेन्टमा पहिलो पटक सेतो रंगको हिमालि गिद्ध देखा परेको छ ।
विक्रम सम्बत २०६३ र ईस्बि सम्बत २००६ मा नवलपरासीको कावासोति नगरपालिका वडा नम्बर ७/१२/र वडा नम्बर १३ लामिछाने सामुदायिक वन स्थित स्थापाना भएको जटायु रेष्टुरेन्टमा गत फरवरि महिना सम्म ८ प्रजातिका ५१७ वटा गिद्ध देखिएको जटायु रेष्टुरेन्टका डि बि चौधरिले बताए ।



अहिले सम्म नेपालमा दन्कर जाति, सानोखैरो , खैरो , राजगिद्ध , सुनगिद्ध, फिक्का मैलो रंग गरि ८ प्रजातिको गिद्धहरु देखापरेको थियो तर पहिलो पटक नेपालमा पूरै सेतोरंग भएको हिमालि गिद्ध देखिए पछि संरक्षणकर्मी उत्साहित बनेका छन् । गएको आइतबार वाइल्डलाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम ताम्राकार, ताहिर अहमद, राजेन्द्र महर्जन र नेचर गाईड प्रेम महत्तोको टोलीले पहिलो पटक नेपालमा सेतो रंगको हिमाली गिद्ध देखेका र फेला पारेको बताएका छन ।
कालो, खैरो रंगको गिद्धको समूहमा एक्कासी सेतो रंगको गिद्ध देख्दा त निक्कै रोमाञ्चित बनेको नेचर गाइड एवं समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानका संयोजक प्रेम महतोको अनुभव रहेको छ । जटायु रेष्टुरेण्ट स्थापना भए पछि सन २०११, सन २०२० र अहिले गरेर तीन पटक फरक फरक जातका दुर्लभ गिद्ध देखिएका महतोले बताए ।



