काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शीर्षक माथिको छलफलमा भाग लिँदै पन्तले अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि नेपालमा ५ सय र १ हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने बताउनु भयो ।
उहाँले पञ्चशीलको सिद्धान्त लागू गर्न माग गर्दै कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । सांसद पन्तले बुढीगण्डकी परियोजना तत्काल लागू गर्न पनि माग गर्नुभयो ।






