साफ अण्डर नाइन्टिन च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाललाई पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो । टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेका थिए । यसअघि निर्धारित समयसम्मको खेलमा दुई टोलीले १–१ गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता भने भारतले लिएको लियो । खेलको २६औँ मिनेटमा भारत गोल गर्दै १–० को अग्रता लिएको थियो । त्यसपछि खेलको ७४ मिनेटमा नेपालका समीर तामाङले एक गोल फर्काउँदै खेललाई एक-एक गोलको बराबरीमा ल्याएका थिए । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल खेल भारत र पाकिस्तानबीच हुने भएको छ । आज भएको पहिलो सेमिफाइलन खेलमा भुटानलाई सडनडेथमा पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो । भारत र पाकिस्तानबीचको फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय