काठमाडौं । नेपाली कांग्रेसको भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुई दिने कार्यक्रममा सहभागी हुन देशभरका १६५ क्षेत्रीय सभापतिहरू भैरहवा पुगेका छन् ।
प्रशिक्षणको पहिलो दिन सोमबार सभापति शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नु हुनेछ । प्रशिक्षणमा देशैभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी हुनेछन् ।



महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक, शेखर कोइराला, मिनेन्द्र रिजाललगायतका नेताहरू प्रशिक्षणमा सहभागी हुनेछन् ।



