नेपाली क्रिकेट टोलीले १९ औं एसियाली खेलकुदमा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ । नेपाल, जापाना र कम्बोडिया समूह बी मा छन् । समूह ए मा अफगानिस्तान र मंगोलिया छन् । समूह सी मा हङकङ, चीन र सिंगापुर छन् ।
समूह डी मा बहराइन, माल्दिभ्स र मलेसिया छन् । हरेक समूहका शीर्ष चार टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् । नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापानसँग खेल्नेछ । नेपालले अक्टोबर १ मा कम्बोडियासँग खेल्नेछ ।



क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुने भएको छ । सेमिफाइनल अक्टोबर ६ मा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा हुनेछ । खेल टि २० शैलीमा हुनेछ । नेपाल टि २० आई वरियतामा १७ औं स्थानमा छ । नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरि सकेको छ । भारतले र पाकिस्तानले ए टोली पठाउने भएका छन ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



