नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।तोलामा २ हजार २ सयले बढेको सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत असोज ३१ मा सुन २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुन अहिले ४ हजार ३ सय अमेरिकी डलर छ ।

चाँदीमा भने ८० रुपैयाँ घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय