सिन्धुली – तत्कालिन समयमा गोर्खालीहरुले घरेलु हतियारको भरमा युद्ध लडेर अंग्रेजहरुलाई परास्त गरेको सिन्धुली जिल्लाको ऐतिहासिक सिन्धुलीगढीको महत्व र महिमालाई बढाउने उदेश्यले विगत झै यसवर्ष पनि नेपाली सेनाले कप्तान किनलक पदयात्रा संचालन गरेको छ । विसं १८२४ ताका ईष्ट ईण्डिया कम्पनिमा रहेको अंग्रेजी सेनाको नेतृत्व गरी सिन्धुलीगढीमा युद्ध लडन आएका कप्तान किनलकले प्रयोग गरेको पदमार्गलाई चिनाउदै पर्यटकीय मार्ग निर्माणमा सहयोग प्र्याउने उदेश्यले सो पदमार्ग संचालन गरिएको नेपालीसेनाले जनाएको छ ।




कमलामाई नगरपालिका वडा नं २ स्थित चियावारीबाट शुरु गरिएको सो पदयात्रा सिन्धुलीमाडी–सिन्ध्ुलीगढीको पुरानो पैदलमार्ग क्रमशः फेदी,सिउरानी, ढुङग्रेभन्ज्याङ, साउनेपानी, पौवागढी हुदैै करिव १० किलोमिटर दुरीको उकोलो पारगर्दै सिन्धुलीगढीमा पुगी समापन गरिएको थियो । सो पदयात्रामा कमलामाई नगरपालिकाका उप प्रमुख मन्जु देवकोटा,सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत खनाल,भवानी वक्स गण सिन्धुलीका गणपति,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, नेपाली सेनाका अधिकृत तथा पदिकहरु, सरकारी सुरक्षा निकायका अधिकृत तथा पदिकहरु,संचारकर्मीहरु र सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।

नेपाली सेनाको श्री नं ९ बाहिनी अड्डा सिन्धुलीद्धारा आयोजित सो पदयात्राको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं २ स्थित चियावारीमा आयोजित एक समारोहका बीच नेपाली सेनाका ,श्री नं ९ बाहिनी अड्डाका सहायक रथी प्रकाश बहादुर चन्द र जिल्ला समन्वय समिति सिन्धुलीका उप प्रमुख शान्ता कार्कीले संयुक्त रुपमा सुभारम्भ गर्नु भएको थियो । नेपाली सिन्धुली जिल्लाको ऐतिहासिक हरिहरपुरगढी र सिन्धुलीगढीको महिमा र महत्वलाई जगेर्ना गर्नकालागि हरिहरपुरगढी–सिन्धुलीगढी र चियावरी–सिन्धुलीगढी पदयात्रा संचालन गर्दै आएको जनाएको छ ।



