नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजल÷मट्टितेलमा ३ रुपैयाँ र खानाप काउने ग्यासमा प्रतिसिलिन्डर २ सय ३५ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ ।
बढेको मूल्य बिहीवार राति १२ बजेबाट लागू हुनेछ । मूल्यवृद्धि सँगै पेट्रोलको भाउ काठमाडौँमा प्रतिलिटर १ सय ८२ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १सय ७० रुपैयाँ पुगेको छ । त्यस्तै एल पी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ कायम गरिएको छ ।




https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



