नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मंगलबार बसेको निगम व्यवस्थापन समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ मूल्यवृद्धि गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएकोले समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्यवृद्धि भएसँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल-डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल-मट्टितेल १५३ रुपैयाँ कायम रहेको थियो ।






