कतारका लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज गएराति बीच बाटोबाट नै काठमाडौं फर्काइएको छ । २ सय ६५ जना यात्रु बोकेको जहाजको ’हाइड्रोलिक सिस्टम’ मा समस्या देखिएपछि काठमाडौं फर्काइएको निगमले जनाएको छ ।

बिहीबार राति १२ बजे उडेको वाइडबडीको हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि चालक दलले काठमाडौं नै फर्काएका हुन । यात्रुलाई रात्रि नै अर्को जहाजबाट कतार पठाइएको निगमले जनाएको छ । जहाज मर्मत भइसकेको आज दिल्ली उडान गर्ने बताइएको छ । मर्मतका लागि इजरायल पठाइएको जहाज उतै रोकिएका कारण दुईवटा हुने गरेको दिल्ली उडान पनि लामो समयदेखि एउटामात्रै भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय